`

प्रदेश १ संसद बैठक माघ २३ गते

Nepal One HD १२ माघ २०७९ १७:२१
राजनीति

काठमाडौं – प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए ।
प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।


प्रतिक्रिया