भारतमा आगलागी हुँदा चौधको मृत्यु, दर्जनौँ घाइते

विश्व

काठमाडौं । भारतको झारखण्ड राज्यमा मंगलबार आगलागीमा परेर १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा
आगलागी हुँदा १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका हुन् ।
जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट