`

५०० नाघ्यो टर्कीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या

Nepal One HD २३ माघ २०७९ १४:०६
विश्व

काठमाडौं । टर्कीमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या वृद्धि भएको छ । सोमबार बिहान गएको भूकम्पमा परी ५ सय भन्दाबढिको मृत्यु भएको छ ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० पुगेको अन्तरार्ष्ट्रिय मिडियामा समाचार छ । टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका छन् ।

सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ । भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ ।


प्रतिक्रिया