राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुन्छः जनार्दन शर्मा

राजनीति

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गर्नुभएको छ ।
संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुन्छ। गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन।’
उपमहासचिव शर्माले भन्नुभयो, ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ।’
शर्माले अहिले गठबन्धनमा खटपट भएको कुरा बाहिरी हल्लामात्र भन्दै त्यस्तो केही नभएको दाबीसमेत गर्नुभयो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट