प्रतिनिधिसभामा सांसदको प्रश्न : ‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रतिभूति दिन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ ?’

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशरण महतले काठमाडौंको बालाजुमा भएको घटनाले गम्भिर बनाएको हुनाले तत्काल छानबिन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले यातायात मजदुरको जायज माग सम्बोधन गर्न आग्रह गर्दै अराजक घटना घटाउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने उनले माग गरेका हुन् ।
उनले भने ‘नयाँ बसपार्कमा घटेको घटनाले अत्यन्त गम्भीर बनाएको छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन, कसले घटना घटाएको हो रु मजदुरको नाममा अरू कोही प्रवेश गरेको हो रु यसको छानबिन होस् ।’
प्रमुख प्रतिपक्ष दलको प्रवक्ता समेत रहेका उनले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न उठाए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट