`

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदालाई वार्षिक क्यालेन्डरमा समेट्ने सरकारको निर्णय

Nepal One HD ५ फागुन २०७९ १५:१०
प्रमुख खबर

काठमाडौं । जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा समेट्ने सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद वैठकले पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवसको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको हो ।

सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने भएका छन् ।

२०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएका छ ।


प्रतिक्रिया