`

चितवनमा किराँतहरुको सम्मेलन

Nepal One HD ७ फागुन २०७९ ७:१९
समाचार

चितवन, ७ फागुन । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । 

सो सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता  हुनेछन् ।

साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव  महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छिन । सो सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।
 

विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको छ । किरा्तीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको हो ।


प्रतिक्रिया