`

एक लाख बढी कतारी रियालसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

Nepal One HD ७ फागुन २०७९ १९:२३
समाचार

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् । 

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस्  नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया