`

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

Nepal One HD ९ फागुन २०७९ २०:५५
समाचार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सफलता हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका छन् ।

बधाइ दिदै उनले भनेका छन् “आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।


प्रतिक्रिया