सांसद अरूण चौधरीको सांसद निलम्बित पद फुकुवा

प्रमुख खबर

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सांसद निलम्बित पद फुकुवा भएको छ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएका थिए। योसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएपछि रिहाइ भएका थिए। सांसद पद फुकुवा नभएपछि उहाँको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन।
संसदमा जानकारी भएसँगै संसद सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समावेश हुनेछ।
थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल पर्नुभएकाे थियाे। उहाँ जेल परेपछि सांसद पद निलम्बित भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट