`

लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेका छन् : गगन थापा

Nepal One HD १० फागुन २०७९ १४:३९
राजनीति

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको उनले बताए । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताए । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको हो ।’

लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने उनले बताए । साथै एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न, सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान उनले माग गरे ।


प्रतिक्रिया