`

राष्ट्रपति निर्वाचन कार्यक्रम : आज उजुरीमाथि छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने

Nepal One HD १२ फागुन २०७९ ११:५२
प्रमुख खबर

काठमाडौं – राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार  मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ । 

शुक्रबार मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  


प्रतिक्रिया