`

राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने प्रकाश शरण महतको दाबी

Nepal One HD १२ फागुन २०७९ १५:१९
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गर्नुभएको छ ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गर्नुभएको हो । राष्ट्रपतिको निर्वाचनमा काँग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि काँग्रेसले साथ दिने उहाँको भनाइ छ ।

प्रवक्ता महतले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव काँग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उहाँको भनाइ छ ।

उहाँले अरू विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि काँग्रेस तयार रहेको जिकिर गर्नुभयो ।


प्रतिक्रिया