परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आगलागी, दुई बालकको ज्यान गयो
समाचार
काठमाडौं- पाँचथरमा आगलागीमा परेर दुई बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी भएको थियो ।
आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर ज्यान गएको हो । प्रहरीका अनुसार परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आगलागी भएको हो । आगलागीमा मतान घर पूर्णरूपमा जलेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
