`

प्रचण्डजीले पुस १० को सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएजति सबै भोटर हुँदैन : अध्यक्ष ओली

Nepal One HD १३ फागुन २०७९ १३:०१
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अप्ठ्यारोमा परेको बताएपनि सम्झौता अनुसार आफूहरुलाई नै भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रचण्डले पुस १० को सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने बताएका हुन् ।

उनले भने,‘पुस १० गते नै सहमति गरेका छौँ, अब प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’


उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई आठ दलमा गन्ती गर्ने काम भएको भन्दै बालुवाटार गएकाहरु सबै गठबन्धनका भोटर नभएको जिकिर गरे ।


प्रतिक्रिया