राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पाैडेलको उम्मेदवारी दर्ता

प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् । नावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन्।
वरिष्ठ नेता पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका भित्र बहादुर केसी लगायत शीर्ष नेताहरु पुगेका छन्।
यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट