प्रतिनिधिसभाको बैठक : प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित

राजनीति

काठमाडौँ – प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई पारित गरिएको हो । बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बोलाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट