पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्छौं – माधव नेपाल

राजनीति
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने बताएका छन् । सोमबार पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका नेपालले यस्तो बताएका हुन् ।
संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको भन्दै उनले अब राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने दाबी गरे ।
उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए । उनले आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको पनि बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट