`

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न वामदेव निवास पुगे अध्यक्ष ओली

Nepal One HD १७ फागुन २०७९ १५:३०
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । फागुन १० गते राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् ।

यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।


प्रतिक्रिया