`

१२ बर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Nepal One HD १ चैत २०७९ ७:५२
खेलकुद

काठमाडौं, १ चैत ।  इटालियन क्लब इन्टर मिलान १२ बर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ बर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेका छन् ।


प्रतिक्रिया