बस्तीमा बालबालिकाले फेला पारेको मृगको उद्धार
समाचार
नुवाकोट, १ चैत – विदुर नगरपालिका-२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ। बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो।
बस्तीमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको डिएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए।
उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
