`

मधेस प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका झा र शेखलाई दुई लाख पुरस्कार दिने

Nepal One HD ३ चैत २०७९ ९:०९
खेलकुद

काठमाडौं – मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीलाई पुरस्कार दिने भएको छ ।क्रिकेटर गुल्सन झा र आरिफ शेखलाई मधेस सरकारले जनही रु दुई लाख पुरस्कार दिने भएको हो ।

बिहिबार आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ । यहि खुसीयालीमा मधेस प्रदेशले टोलीका झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी हुन् ।


प्रतिक्रिया