`

प्रधानमन्त्री प्रचण्डले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

Nepal One HD ३ चैत २०७९ २०:५५
राजनीति

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् उनले लेखेका छन् “नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु”


प्रतिक्रिया