`

कलाकार संघमा निरौला बिजयी

Nepal One HD ५ चैत २०७९ ८:२२
समाचार

काठमाडौं, ५ चैत ।  चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।

शनिवार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी निर्वाचित भएका छन भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन्।

ृउता, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएकी छिन ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।


प्रतिक्रिया