२० प्रतिशतले बढायो क्यानले क्रिकेट प्रशिक्षक मोन्टी देसाइको तलब

खेलकुद

काठमाडौं / नेपाल क्रिकेट संघले भारतीय प्रशिक्षक मोन्टी देसाइको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ ।
नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै मासिक तलब २० प्रतिशतले वृद्धि गरिएको छ । उनको मासिक तलब १० हजार डलर पाउने सम्झौता रहेको थियो ।
तर आउँदो अप्रिल १ बाट उनको नयाँ मासिक तलब २० प्रतिशत वृद्धि भएर १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट