`

संघीय संसदका दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने

Nepal One HD १२ चैत २०७९ ९:५५
राजनीति

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पस गपिरनेछ ।

यस्तै सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत पनि गर्नेछन् । यस्तै राष्ट्रिय सभाको बैठकमा डा। वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नेछन् ।


प्रतिक्रिया