१० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

प्रमुख खबर

काठमाडौँ / १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ। आज दिउँसो बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरूको टुङ्गो लगाउने बताइएको छ ।
सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्त्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा अझैसम्म पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन ।
शनिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबार सम्ममा गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट