`

प्रधानमन्त्री प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी

Nepal One HD १५ चैत २०७९ ११:२८
प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको १० दलको जारी बैठकमा मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको एक नेताले बताए ।

ती नेताले भने, ‘बैठक जारी छ, हिजो टुंगो लगाउने भनिएता कुरा मिल्न सकेको थिएन। सकेसम्म मिलाएर आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी छलफल भइरहेको छ।’

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।


प्रतिक्रिया