`

अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैन – अध्यक्ष ओली

Nepal One HD १५ चैत २०७९ १९:३९
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताएका छन् । बुधबार एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्ग रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए ।

उनले भने “देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन”, उनले थपे, “त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।”

उनले अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्ने बताउ । उनले अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य नहुने बताए ।


प्रतिक्रिया