आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् ।
बिहिबार चितवनस्थित भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले एक दुई वटा मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी छ, त्यो टुंगिए पछि आजै शपथ ग्रहण गराउने मेरो लक्ष्य छ ।
उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ यो पनि मलाई लाग्छ, तपाईँ हामी सबैको लागि खुसीको कुरा हो ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट