`

चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

Nepal One HD २१ चैत २०७९ १८:५०
समाचार

सप्तरी, २१ चैत – डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

मंगलबार करिव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो)ले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ ।
 


प्रतिक्रिया