`

झन्डै १०,००० जनाको मस्तिष्क राखिएको सङ्ग्रहालय

Nepal One HD २१ चैत २०७९ २१:१३
विश्व

यूनिभर्सिटी अफ सदर्न डेन्मार्कमा झन्डै १०,००० मानिसको मस्तिष्क राखिएको छ। दशकौँअघि मनोरोग लागेर मृत्यु भएका मानिसहरूको शवबाट ती मस्तिष्क निकालेर सङ्कलन गरिएको हो।

मानव मस्तिष्कको यति ठूलो सङ्कलन अन्यत्र नभएको ठानिएको छ। बिरामी वा तिनका आफन्तको अनुमतिबिनै सङ्कलन गरिएको भए पनि सन् १९९० को दशकमा डेनिश एथिक्स काउन्सिलले ती मस्तिष्कमा अनुसन्धान गर्न सकिने बताएको थियो।

विज्ञहरूका अनुसार उक्त सङ्कलनमा भएका मानव मस्तिष्कबाट डिमेन्श अर्थात् विस्मृति र डिप्रेशन अर्थात् अवसादजस्ता रोगहरूको अध्ययन गर्न सहयोग पुगेको छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


प्रतिक्रिया