`

युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न एमालेका अध्यक्ष ओली नेपालगन्जमा

Nepal One HD २७ चैत २०७९ ११:३७
प्रमुख खबर

नेपालगन्ज – राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुग्नु भएको छ । युवा संघको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ । 

अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको हो ।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन देशभरका युवा नेपालगन्जमा जम्मा भएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ ।


प्रतिक्रिया