`

एमाले सांसदको व्यङ्ग्य-‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ,अरु मालदार मन्त्रीहरुको कति होला ?’

Nepal One HD २७ चैत २०७९ १५:२५
राजनीति

काठमाडौं – नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै ब्यङ्ग्य गर्नुभएकाे छ । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बाेल्नुहुँदै उहाँले यस्ताे ब्यङ्ग्य गर्नुभएकाे हाे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण सार्वजनिक भएपछि उहाँले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै व्यङ्ग्य गर्नुभयाे । 

आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसको लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाइँसँग घुस मागेको अडियो आइतबार बाहिरिएको थियाे । 

भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलले भन्नुभयाे।


प्रतिक्रिया