अहिले नेपालको आर्थिक अवस्था दयनीय भएको छ , यो अवस्थाबाट मुलुकलाई जोगाउन एमाले मात्रैले सक्छ : शङ्कर पोख्रेल
काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले अहिले नेपालको आर्थिक अवस्था दयनीय भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘आर्थिक रुपमा संकटको डिलमा पुगेको छ ।, यो अवस्थामा मुलुकलाई जोगाउन एमाले मात्रैले सक्छ ।’ उनले भने,
नेपाली समाजलाई कमजोर बनाउन विखण्डन गर्ने गरि नेपाली मौलिक संस्कृति माथि प्रहार भइरहेको पोख्रेलको टिप्पणी थियो ।
महाधिवेशन बोल्दै पोख्रेलले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने दाबी गरे ।
उनले अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको उनले बताए । कांग्रेस एक्लै निर्वाचनमा होमिन डराएको भन्दै उनले भने, ‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्ला एक्लै निर्वाचनमा होमिएको भए कांग्रेसले अहिले भन्दा धेरै सिट जित्न सक्थ्यो, एमालेले दोब्बर सिट हासिल गथ्यो र सरकार बनाउने थियो ।’
उनले अदालतका कारण एमाले पार्टी सरकारबाट बाहिरिनु परेको र प्रतिनिधि सभा सभामुखका कारण पार्टी विभाजन भएको आरोप लगाए ।
‘अदालतको सहारमा हामीलाई सरकारलाई हटाउने काम भयो प्रतिनिधि सभाका सभामुखको माध्यमबाट हाम्रो पार्टी बिभाजन गर्ने काम भयो’ उनले भने ।
अहिलेको गठबन्धनको आयु धेरै नभएको उनले बताए ।
