सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्छ – महरा
राजनीति
काठमाडौं – नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताए ।
उनले भने “सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उनले थपे, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” उनले राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
