रास्वपाले दिएको २४ घण्टा वित्यो,ढाकाकुमारले बुझाएनन् स्पष्टीकरण
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको वेवास्ता गर्नुभएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएपछि विवादमा तानिनुभएका उहाँलाई रास्वपाले २४ घण्टे स्पष्टीरण सोधेको थियो । तर,उहाँले २४ घण्टा वितिसक्दासमेत स्पष्टीकरण दिनुभएको छैन ।
स्पष्टीकरण नबुझाएसँगै रास्वपाले थप कारबाहीको तयारी गरिरहेको छ । उता ढाकाकुमार श्रेष्ठ निकटका अनुसार उहाँले राजीनामा दिने तयारी गरिरहनुभएको छ ।
सभापति रवि लामिछानेले अडियो टेप प्रकरणमा आफू अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा जाने बताउनुभएको थियो । लामिछानेले भ्रष्टचारीलाई नछोड्ने भन्दै ढाकाकुमार श्रेष्ठलाई थप कारबाही गरिने बताउँदै आउनुभएको छ ।
श्रेष्ठले भने आफूलाई षड्यन्त्र गरेर फसाउन खोजिएको बताउँदै आउनुभएको छ । उहाँले असत्य कुरा गरेमा आफूलाई मात्रै नभई रवि लामिछानेलाई पनि घिसार्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो भनाईलाई एडिट गरेर दुरुपयोग भएको र यो विषयमा अदालतमा समेत जान तयार रहेको बताउनुभएको छ ।
