`

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, अडिओबारे के निर्णय आउँला ?

Nepal One HD २९ चैत २०७९ ७:३२
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठक आज बिहान ९ बजे बस्नेछ । बैठकमा सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिइने बताइएको छ

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन बैठक बस्न लागेको हो । सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको र दुर्गा प्रसाईलाई पनि आफूले नचिनेको बताएका छन् ।


प्रतिक्रिया