चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

समाचार

काठमाडौं / चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो ।
अहिले दमकलको साहायताले आगो निभाउने प्रयास भइरहेको छ । चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले भरतपुर महानगरको दमकल र प्रहरीको दमकलले प्रयास गरिरहेको जानकारी दिनुभयो । फुसको छाना भएकाले आगो धेरै फैलिएको छ प्रत्यक्षीदर्शीले बताएका छन् । आगलागीको कारण अहिलसम्म खुल्न सकेको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट