`

कृषि उपजमा आत्मनिर्भर नहुँदा गुणस्तरहीन खानेकुरा खान बाध्य हुनु परेको छ – ओली

Nepal One HD २९ चैत २०७९ १९:५८
राजनीति

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

बुधबार गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आयोजित एक कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । उनले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताए।

उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे ।


प्रतिक्रिया