पोखरीमा डुबेर एक युवकको मृत्यु

समाचार

बुटवल / नयाँ वर्षको अवसरमा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल भैरहवाबाट साथीहरुसँगै घुम्न गएका थिए ।
उनी ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका हुन् । उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिए ।
केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर ज्यान गएको थियो ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट