`

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ

Nepal One HD १ वैशाख २०८० १८:३२
समाचार

न्युयोर्क, १ वैशाख । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको छ । 

चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ । 

पक्राउ परेका टेइसेइरालाई अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गरेको आरोप लगाइएको छ । 
 


प्रतिक्रिया