`

नाच हेर्न गएका तुलबहादुरको हात्तीको आक्रमणबाट मृत्यु

Nepal One HD २ वैशाख २०८० १७:२१
समाचार

सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा  गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । 

हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।  
 


प्रतिक्रिया