`

सेती खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

Nepal One HD २ वैशाख २०८० १९:१३
समाचार

कास्की, २ चैत – पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो । पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।


प्रतिक्रिया