कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्छ : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने बताएका छन् ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्नेमा जोडदिएका छन् ।
उनले भने, ‘कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने छ । प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’
संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।