`

समापनतिर एमालेको मिसन ग्रास रुट : भोली देखि प्रादेशिक समिक्षा बैठक

Nepal One HD ३ वैशाख २०८० १४:२७
राजनीति

काठमाडौं । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नेकपा एमालेले महिना दुई महिना अघि सुरु गरेको मिसन ग्रास रुट अभियान अब समापनतिर गएको छ । केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्य,प्रदेश,जिल्ला सदस्यहरुलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश,जिल्ला र पालिकामा पठाएको थियो ।

उपाध्यक्षहरुलाई प्रदेश,सचिवहरुलाई प्रदेशका जिल्ला ,केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइएको थियो । यो अभियान सुरु भएको बैशाख पाँच गते दुई महिना पुग्दैछ । सबै पालिका र मातहतका कमिटीका बैठकहरु सकिएका छन् । ‘अभियानमा जिम्मेवारी पाउनु भएका नेता कमरेडहरुलाई ग्रास रुटबाट कार्यकर्ताहरुले रिर्पोटिङ गर्नुभएको छ’एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले यो बेला डट कमसँग भन्नुभयो ‘अभियानका क्रममा लिएक अनुभव,कार्यकर्ता र जनताका गुनासा र पार्टीप्रतिको अपेक्षा र सुझावहरुलाई प्रादेशिक रुपमा समिक्षा गर्ने तालिका तय भएको छ । ’

अधिकारीका अनुसार मिसन ग्रास रुटको समिक्षा कर्णाली प्रदेशमा भोलीबाट सुरु हुदैछ । कर्णालीमा बैशाख ४ र ५,लुम्बिनीमा ६ र ७,सुदुरपश्चिममा १० र ११ गते समिक्षा बैठक हुनेछ । यसैगरी १२ र १३ गते गण्डकी,१४ र १५ गते मधेस प्रदेशमा समिक्षा बैठक हुने अधिकारीले जानकारी दिनुभयो । यसैगरी बैशाख १९ र २० गते बागमती,२१ गते सम्पर्क सम्न्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समिक्षा बैठकको तयारी रहेको अधिकारीले जानकारी दिनुभयो ।

सबै प्रदेशका समिक्षा बैठक महासचिव शंकर पोखरेल उपस्थित हुने,उपमहासचिवहरु प्रदिप ज्ञवाली,पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समिक्षा बैठकमा जाने एमाले स्रोतले जानकारी दिएको छ ।
बैशाखको अन्तिम वा जेठको पहिलो हप्ता पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीले मध्य पहाडमा आफ्नो शक्ती प्रदर्शन गर्नका लागि मंसिरमा मध्यपहाडी लोकमार्ग मार्फत मेची महाकाली अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘मध्यपहाडी लोकमार्ग मार्फत जेठमा मेची महाकाली अभियान सञ्चालन गर्ने सोच थियो तर बर्खाका कारण असहज परिस्थिती सृजना हुने भएपछि मंसिरम ागर्ने गरी तयारी अघि बढाइएको छ ’ ति पदाधिकारीले जानकारी दिए ।


प्रतिक्रिया