`

वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउँछ : जीवन परियार

Nepal One HD ३ वैशाख २०८० १६:२३
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबिच आपसी छलफल गरेर वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका हुन् ।

मन्त्री चयनका विषयमा काँग्रेसभित्र कुनै विवाद नभएको दाबी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरेका छन् । त्यस्तै उनले दलहरूबिच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए । फरक प्रसङ्गमा उनले रास्वपाका सांसदलाई दलले छानबिन वा कारबाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारबाही गर्ने अधिकार दललाई रहेको पनि बताएका छन् ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारबाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर समेत गरे ।

उनले विगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।


प्रतिक्रिया