`

भीम रावल एमालेमै रहने पहिले भएका कमी कमजोरीलाई सुधार्ने

Nepal One HD ३ वैशाख २०८० १६:४८
राजनीति

काठमाडौं – नेकपा (एमाले) का असन्तुष्ट नेता भीम रावलसँग वार्ता गर्न गठित समितिमार्फत छलफल सुरु गरेकाे छ । 

आइतबार दिउँसो एमाले पार्टी मुख्यालय च्यासलमा एमालेबाट रावलसँग वार्ता गर्न गठित समिति र रावलबीच छलफल भएको हो ।

वार्ता टोलीका संयोजक उपाध्यक्ष विष्णु पौडेलसहित अर्का सदस्य नेता कर्णबहादुर थापा र नेता रावलबीचको छलफल सकारात्मक भएको एमालेले जनाएकाे छ । 

लामो समयदेखि एमाले  असन्तुष्ट रहँदै आउनुभएका राववले एमाले नेतृत्वमाथि खनिदैँ आउनुभएको थियो । 

वार्ता टाेलीकाे छलफलमा रावलले एमालेमै बस्ने र कमी कमजाेरीलाई सुधार्ने जानकारी दिनुभएकाे एमालेले जनाएकाे छ । 


प्रतिक्रिया