तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार

काठमाडौं- तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा ग१ज ७९४२ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा सात यात्रु घाइते भएका छन् । दुर्घटना हुँदा मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेका छन् ।
दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट