राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपतिकाे स्वास्थ्य अवस्थाबारे जानकारी

समाचार

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान भेट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनालाई राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्थाबारे आत्तिइहाल्नुपर्ने नदेखिएको र उहाँलाई थप परीक्षण र उपचारका लागि भारत लैजानुपर्ने जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट